पोखरामा हात र घाटीमा ट्याटु भएको शवको पहिचान हुन सकेन
पाेखरा | फागुन १३, २०७९
पोखरा: पोखरामा हात र घाटीमा ट्याटु भएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन ।
पोखरा महानगरपालिका ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याएको थियो ।
घाइते अवस्थामा उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएपनि उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
वेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

